इटहरी : प्रेस चौतारी नेपाल सुनसरीको सातौं जिल्ला अधिवेशनबाट इटहरी २ की शुभद्रा प्याकुरेलको अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।
इटहरीमा आज (सोमबार) सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्षद्वय विकास चाम्लिङ र विमला राई चयन भएका छन् । यस्तै, सचिवमा दिनेश गजमेर, सहसचिवमा केदार बस्नेत र वसन्त राई, कोषाध्यक्षमा कृष्ण बहाव चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा त्रिलोचन पौडेल, अजमान अन्सारी, विकल पौडेल, सिर्जना नेपाल, सीमा बस्नेत, रामकृष्ण खड्का, रुद्रराज कट्टेल, विजय राई, सन्जु राई, सरिता शर्मा, मोहम्मद वासुरिद्धिन अन्सारी, बासिक अली सिद्धिकी, डम्बर कार्की, जीवन विष्ट, सिंहबहादुर मादेन, नरेन कुलुङ र प्रकाश तिम्सिना चयन भएका छन् ।
कार्यक्रममा गोपाल कार्की सिर्जनशील पत्रकारिता पुरस्कार प्रदीप मेन्याङ्बो र कृष्ण बहाव भट्टराईलाई प्रदान गरिएको छ । मेन्याङ्बोलाई नगद १० हजार रुपैँया र बहावलाई नगद ५ हजार रुपैँया राशीको पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको थियो ।












Discussion about this post