इटहरी : आज (सोमबार) देखि श्रीस्वस्थानी व्रत प्रारम्भ भएको छ ।
स्वस्थानी व्रत सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिन्छ । पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने स्वस्थानी व्रत र कथा माघ शुक्ल पूर्णिमाका दिन समापन हुन्छ ।
हिन्दु धर्मावलम्बीहरूले चोखो रही घर–घरमा श्रीस्वस्थानी कथा वाचन गर्ने प्रचलन छ । व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ । आजैदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुने हो ।
माघ स्थान पनि आजैबाट सुरु भएको छ । माघ महिनाभरि स्नान गर्न सम्भव नभए पनि पहिलो दिन अर्थात् पूर्णिमाको दिन मात्र श्रद्धाले स्नान गर्नाले स्वर्ग लोकको उत्तराधिकारी बन्न सकिन्छ भन्ने जनविश्वास छ । माघ स्नानको सङ्कल्प र प्रारम्भ शास्त्रअनुसार पौष शुल्क पूर्णिमाकै दिनबाट हुन्छ ।














Discussion about this post