धरान : धरानमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । उपचारको क्रममा धरान उपमहानगरपालिका वडा नं. ८ की कोरोना संक्रमित एक महिलाको मृत्यु भएको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा ५२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले जानकारी दिए ।
मृतकले कोभिडविरुद्धको खोप लगाएकी थिइन् भने उनलाई मृगौला, उच्चरक्तचाप र मधुमेहको समस्या भएको प्रतिष्ठानले जनाएको छ ।
मृतकलाई माघ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने माघ १७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।














Discussion about this post