इटहरी : प्रेस चौतारी सुनसरीले दुई जना पत्रिका वितरकलाई साइकल प्रदान गरेको छ ।
प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसको अवसरमा आज (शनिबार) इटहरी र धरानमा लामो समयदेखि पत्रिका वितरण गर्दै आएका दुईजना पत्रिका वितरकलाई साइकल प्रदान गरेको हो ।
प्रेस चौतारी सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेलका अनुसार धरानमा विगत १५ वर्षदेखि ग्राहकहरूको घरमा पत्रिका पुर्याउदै आएका ५० वर्षीय बद्री राई र इटहरीमा विगत ८ वर्षदेखि पत्रिका वितरण गर्दै आएका कल्याण राईलाई साइकल वितरण गरिएको हो ।
धरान ७ स्थित होटेल सन्ध्या इनमा भएको एक कार्यक्रममा नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोख्रेलले उनीहरूलाई साइकलको चाबी हस्तान्तरण गरेका थिए ।












Discussion about this post