विराटनगर : गुप्ताङ्गमा लुकाएर ल्याएको छ लाख रूपैया नगदसहित सशस्त्र प्रहरीले विराटनगरबाट दुई जना महिलालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १४ की ३५ वर्षीया गीता साह र विराटनगर १५ की ३७ वर्षीया मुन्नी साह रहेका छन् ।
सशस्त्र प्रहरी बल बिओपी रानीको टोलीले दुवै जनालाई नेपाल–भारत सीमा अन्तर्गत विराटनगर १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।
उनका अनुसार उनीहरुले गुप्ताङ्गमा लुकाएर भारतबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा तीन–तीन लाख गरेर छ लाख रूपैयाँ नगद बरामद भएको छ ।
बरामद भएको रकमको स्रोत नखुलेको र पक्राउ परेका महिलाले पनि केही नखुलाएको सशस्त्रले जनाएको छ ।
पक्राउ परेकाबारे थप अनुसन्धान भइरहेको सशस्त्रले जनाएको छ ।














Discussion about this post