इटहरी : संखुवासभाको मादी नगरपालिका ६ सातघुम्तीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश १ सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले दुर्घटनामा मृत्यु भएका यात्रुका परिवारलाई एक लाख रुयैयाँ उपलब्ध गराइने बताए ।
मृतक १५ जनाको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने उनले बताए। दुर्घटनामा घाइते भएका सबै यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने कार्कीले बताएका छन्।
संखुवासभाबाट झापाको दमक आउँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबस बिहीबार बिहान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए ।
घाइतेहरूको धरानस्थित वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।
यो पनि – संखुुवासभा दुर्घटना : रहेनन् इटहरीकी पोखरेलसहित यी तीन शिक्षक
यो पनि – संखुवासभामा कहालीलाग्दो दुर्घटना, १५ जनाको मृत्यु, शोकमा डुब्यो मादी गाउँ
यो पनि – अपडेट : तीव्र गतिका कारण भीरबाट बस खस्दा १४ को मृत्यु, पाँचको अवस्था गम्भीर (नामावलीसहित)
यो पनि – संखुवासभा बस दुर्घटना अपडेट : भीरबाट तीन सय मिटर तल खस्दा मृतकको संख्या १३ पुग्यो
यो पनि – Breaking : संखुवासभाबाट इटहरी आउँदै गरेको बस भीरबाट खस्यो














Discussion about this post