Tuesday, May 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध मनाेरञ्जन

युट्युबमा आए १० राम्रा फिल्म (लिङ्कसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०७७
in मनाेरञ्जन
0
युट्युबमा आए १० राम्रा फिल्म (लिङ्कसहित)
551
SHARES
Share on FacebookShare on Twitter

छोटा फिल्महरू सिनेमा हलमा लाग्दैनन्। तर संसारभरका दर्शकमाझ छोटा फिल्म लोकप्रिय छन्। पछिल्लो समय प्रविधिको पहुँच र राष्ट्रिय अन्तर्राष्ट्रिय महोत्सवहरूमा छोटा फिल्मले विशेष स्थान पाइरहेका छन्। युट्युब र भिमियोजस्ता अनेक डिजिटल माध्यममा छोटा फिल्मले प्रशस्तै दर्शक कमाएको छ।

नेपालको सन्दर्भमा पनि एकादेशमा र किम्फजस्ता महोत्सवमा छोटा फिल्म नियमित प्रदर्शन हुन्छन्। विभिन्न महोत्सवमा सहभागी भई चर्चा र पुरस्कार जित्ने नेपाली फिल्मको संख्या निरन्तर बढिरहेको छ।

स्वतन्त्र निर्देशकका लागि छोटा फिल्म महत्वपूर्ण खुड्किला हुन्। दीपक रौनियार, मीन भाम, सुवर्ण थापाजस्ता निर्देशकले पनि छोटा फिल्मबाटै आफ्नो करिअर अघि बढाएका हुन्।

युट्युबमा सबै नभेटिए पनि केही राम्रा छोटा फिल्म सजिलैसँग हेर्न पाइन्छ। विभिन्न महोत्सवमा चर्चा कमाएका, पुरस्कार जितेका बाहेक विषयगत विविधितालाई पनि ध्यानमा राखेर यो सूची बनाइएको छ।

यो सूची छोटो फिल्मको संसार चियाउने सानो आँखीझ्याल मात्रै हो।

मलामी, निर्देशक: सुवर्ण थापा

करिब २० मिनेटको यो फिल्मको अन्तिम दृश्यबाहेक सबै श्यामश्वेत छ। घट्ट चलाउने एक्लो वृद्ध घट्टे मगरको मृत्युपछि उनको शव उठाउने युवा उमेर समूहका पुरुष गाउँमा छैनन्। वृद्ध, महिला र केटाकेटी मात्रै छन्। गाउँका दुई महिलाले लाश बोक्छु भनेर कस्सिँदा पनि बुढाखाडाले परम्परा तोड्न खोज्ने भन्दै उल्टै हप्काउँछन्।

परम्परागत रूपमै काजकिरिया गर्नुपर्ने अड्डी कसे पनि घट्टेको लाश गन्हाउने स्थिति आइसकेको छ। उनको लाश गाड्न दलित पात्रले खाल्डो खनिसके पनि त्यहाँसम्म कसले पुर्याउने भन्ने समस्यामा गाउँले अलमल्ल परेको अवस्था छ।

तिनले यो समस्याको हल कसरी खोज्लान्? घट्टेको रीत पुर्‍याएर दाहसंस्कार गरिएला वा अरू नै केही होला? थाहा पाउन हेर्नुस्, ‘मलामी’।

एक्लो घट्टेको मृत्युपछिको संकटलाई केन्द्रमा राखेर ‘मलामी’ले युद्धमा होमिएका वा विदेशमा धन कमाउन गएका युवा नहुँदा गाउँकाे दारुण अवस्था देखाएको छ। फिल्ममा मृत्युपछिसम्मै एक्लो घट्टेको कारुणिक अवस्था देखाई सामाजिक रुढी-परम्परामाथि दरिलो व्यंग्य गरिएको छ।

घट्टेको भूमिकामा चन्द्रदेव लिम्बू छन् भने अनुप बराल फिल्ममा ‘मृत्यु’ बनेका छन्। मृत्यु र शोकलाई केन्द्रमा राखिएको यो फिल्मको अन्तिम दृश्य रंगीन छ। श्यामश्वेत र रंगीन दुई फरक रङमार्फत निर्देशकले निराशा र आशालाई प्रतीकात्मक रूपमा देखाएका छन्।

यसमा विपना थापा, माओत्से गुरुङ, बिष्णुभक्त फुयाँल, शान्ति मास्के, प्रकाश घिमिरे लगायतको अभिनय छ।

सरूभक्तको ‘मलामी’ नाटकमा आधारित फिल्म ‘मलामी’ फ्रान्सको राष्ट्रिय टेलिभिजन फ्रँसबाट समेत प्रसारित थियो। ‘मलामी’ थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन भई पुरस्कारसमेत जित्न सफल फिल्म हो। युट्युबमै सुवर्ण थापाको अर्को छोटो फिल्म ‘छोरा’ पनि ‍हेर्न सकिन्छ।

तिर्खा, निर्देशक: भवसागर घिमिरे

हरेक दिन स्कुल जानुपर्ने धेरै बालबालिका घरको काम सकेर मात्रै स्कुल जान पाउने बाध्यtf हाम्रो ग्रामीण समाजको दैनिकी हो। घरधन्दाको कामको चापले उनीहरू स्कुल समयमा पुग्न नसक्नेदेखि ‘ड्रप आउट’ गर्नेसम्मका बाध्यता छन्।

फिल्म ‘तिर्खा’ ले यस्तै विद्यार्थीको कथा भन्छ। यसकी मूल पात्र प्रीति लामो बाटो हिँडेर घरमा पानी ओसार्छिन्। यो काममा उनका भाइ राहुलले पनि सघाउँछन्। तर घरको काम सकेर स्कुल पुग्न उनीहरूलाई धौधौ छ।

फिल्ममा निर्देशक तथा लेखक भवसागरले प्रीतिमार्फत त्यो हतारो र दबाबलाई मन छुने गरी प्रस्तुत गरेका छन्। फिल्ममा संवाद छैन भन्दा हुन्छ। मुख्य पात्रका गतिविधि र वरपरका दृश्यबाटै धेरै कुरा थाहा पाइने यो फिल्मलाई कुखुरा बासेकोदेखि हावा सुसाएको आवाजसम्मले जीवन्त बनाएको छ।

करिब पाँच मिनेटको छोटो–मीठो फिल्म बनाएका घिमिरेको ‘मामु’ फिल्म पनि युट्युबमा हेर्नुहोला। कोरोना संकट सन्दर्भमा बनाइएको ‘मामु’मा स्वास्थ्यकर्मी आमालाई कुर्दा कुर्दा थाकेकी सानी छोरीको गुनासो निर्देशकले मार्मिक रूपमा उतारेका छन्।

‘तिर्खा’ किम्फलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शित र पुरस्कृत फिल्म हो। बालसाहित्य लेखनमा सक्रिय भवसागर घिमिरेले यो फिल्म मार्फत मुख्य पात्रमा भएको ज्ञानको तिर्खा देखाएका छन्।

सावित्री, निर्देशक: सुजित विडारी

महिला पात्रका सूक्ष्म मनोविज्ञान सशक्त चित्रण गर्ने मामिलामा लेखक भवानी भिक्षु माहिर थिए। ‘टाइपिस्ट’ उनको त्यस्तै कथा हो। यही कथाबाट प्रेरित भई सुजित विडारीले ‘सावित्री’ निर्देशन गरेका हुन्।

सावित्री (केकी अधिकारी) एउटा कार्यालयमा टाइपिस्ट छन्। त्यहीँ काम गर्ने अर्को पुरुष पात्र नवराजले उनलाई एकोहोरो हेरिराख्छ। त्यो घुरेर हेर्ने पात्रको साहित्यिक वाचन शैलीबाट सावित्री प्रभावित छिन्। तर विवाहित सावित्री आफ्नो भावना लुकाएको असफल अभिनय गर्छिन्।

यसबारे सबै थाहा पाएकी उनकी सहकर्मीले जिस्काइराख्छिन्। साथीको कुराले सावित्रीको भावना खलबलाउन थप मलजल गर्छ।

उता सावित्रीका श्रीमान बेरोजगार हुनु, सावित्रीसँग पैसा मागिरहनुजस्ता कुराले दिक्क बनाएको छ। यसैबीच केही नाटकीय घटना घट्छ र सावित्री र दर्शक सबैलाई फिल्मले अर्को मोडमा पुर्‍याउँछ। त्यो मोड कस्तो होला थाहा पाउन फिल्म हेर्नुहोला।

फिल्ममा सावित्रीको भूमिकामा केकी अधिकारीको अभिनयको तारिफ गर्नैपर्छ। उनी असन्तुष्ट हुने ससाना कारणलाई फिल्ममा निकै सहज रूपमा देखाइएको छ। फिल्ममा उनको मौनता पनि अभिनयकै हिस्सा बनेको छ। केकीबाहेक फिल्ममा मञ्जु देवकोटा, राज शर्मा पंगेनी र दिपेश भण्डारी मुख्य भूमिकामा छन्।

बाबु, निर्देशक: ईलम दीक्षित

पढाइमा रूचि नभए पनि परिवारलाई माया गर्ने बालपात्र राजु र उसको परिवारको कथा हो ‘बाबु’।

सन् २०१५ को भुइँचालोमा आमा गुमाउने राजु स्वभावले बदमाश छ। तर उसको व्यक्तित्वको अर्को पाटो पनि छ। परिवारमा संकट आइपरेपछि उसको त्यो व्यक्तित्व प्रकट हुँदै जान्छ। सामाजिक सन्दर्भ र बालपात्रको मनोविज्ञानको कथा भन्ने यो फिल्मले एउटा परिवारका तीन फरक पुस्ताको सोचाइ पनि सँगसँगै देखाउँछ।

विषयवस्तुसँगै संवाद, छायांकन र अभिनयका हिसाबले समेत फिल्म राम्रो छ।

यसमा भुइँचालोपछिको आर्थिक र पारिवारिक संकट जोड्दै वैदेशिक रोजगारदेखि बालबालिका बीचको प्रेमसम्म देखाइएको छ। गम्भीर विषय हुँदाहुँदै पनि रमाइला घटनाले फिल्मलाई रमाइलो बनाएको छ।

बालपात्रको भूमिकामा कौस्तुब बस्नेत, उनको बुबाको भूमिकामा दिव्यदेवको अभिनय छ।

द कन्टाजियस अपारियन्स अफ डम्बरे डेन्ड्राइट, निर्देशक: विभूषण बस्नेत र पूजा गुरुङ

डम्बरे, ताते, आँपे, जिरे, हड्डी, रेम्बो, जुनियर डम्बरे आदिको आफ्नै संसार छ। यो संसारमा यथार्थ र भ्रमको भेद छुट्याउन मुश्किल पर्छ। सडकमा जीवन बिताउनेमध्ये ऊ फिल्मको मुख्य पात्र हो।

प्लास्टिक फुक्दै-सुँघ्दै डेन्ट्राइटको नशामा लठ्ठिइरहने ऊ कहिले सुपरम्यान बन्छ त कहिले बिना कारण डराउने कायर पात्र। घरी खुला आँखाले हावामा उडेको सपना देख्छ, घरी स्यालसँग खेल खेल्छ। बेग्लै संसारको सयर गराउने यो यात्रामा फिल्मले कुलत र अभावमा बाँचेका पात्रहरूको निर्मम कथा भन्छ।

निर्देशकहरू विभूषण र पूजाले यो कथालाई परम्परागत कारुणिक शैलीमा नभनेर नयाँ शैलीमा भनेका छन्। फिल्मको सबभन्दा सुन्दर पक्ष यही हो। नशालु गम सुँघ्ने डम्बरेका भ्रम र मनोदशा फिल्ममा रोचक चित्रण गरिएको छ। फिल्ममा प्रयोग भएका भाषाका कारण यो फिल्म पनि अठार वर्षमाथिको उमेर समूहका लागि मात्रै उपयुक्त छ।

डम्बरेको भूमिकामा अनुपम शर्माको अभिनय सराहनीय छ। सडक बालबालिकाको वास्तविक अवस्था अवलोकन गरेर बनाइएकाले फिल्ममा उनीहरूको आनीबानी र जीवनशैलीको यथार्थपरक चित्रण छ।

सामाजिक समस्यालाई ‘फेन्टासी’का सहारामा भन्ने यो चर्चित र प्रशंसित फिल्म हो। सन् २०१३ मा एकादेशमा सर्ट फिल्म फेस्टिभलमा प्रिमियर शो पाएको ‘द कन्टाजियस अपारियन्स अफ डम्बरे डेन्ड्राइट’ धेरै अन्तर्राष्ट्रिय महोत्सवमा भाग लिएको फिल्म हो।

यसमा हिरा बिजुली, भुवन लामा, साजन थापा मगर, पूजा गुरुङ, कबिर प्रजापति लगायत कलाकारको अभिनय छ। फिल्मको पार्श्व संगीत पनि विशेष छ।

माया, निर्देशक: भीमसेन लामा

यो फिल्मको कथा बेचिन लागेका दुई बालक र एक बालिका दलालको पञ्जाबाट भागेको दृश्यबाट सुरू हुन्छ। त्यसपछि यी तीन पात्रले भोको पेट पाल्न फोहोर टिप्नेदेखि इँटा बोक्नेसम्म गर्छन्। दुई गाँस खाना र टाउको लुकाउने छानाको खोजीमा भौंतारिनु पर्दा यी पात्रका जीवनमा आइपर्ने कथा नै फिल्मको मुख्य विषय हो।

सडकमा बाँच्न विवश बालबालिकाको दुःखलाई तीन पात्रको बालसुलभ प्रेममार्फत भनिएको यो फिल्मको सिनेमाटोग्राफी गज्जब छ। सम्पादन चुस्त छ। पात्रहरूको अभिनय पनि राम्रो छ।

खासगरी मायाको भूमिकामा अस्मिता तामाङ स्वभाविक लाग्छ।

भीमसेन लामाको निर्देशन रहेको यो फिल्ममा विदेशी प्राविधिकको संलग्नताले यसको प्राविधिक पक्ष पनि बलियो भएको छ। १५ मिनेटको यो फिल्मले धेरै अवार्ड जितेको छ।

युट्युबमा भीमसेन लामाको निर्देशनमा भेटिने ‘च्यान्टी’, ‘रुपिज फाइभ हन्ड्रेड’ लगायत फिल्म पनि राम्रा छन्।

पुन्टेको पांग्रो, निर्देशक: सचिन घिमिरे

बालमनोविज्ञान उजागर गर्ने यो फिल्ममा पांग्रो गुडाउँदै लखरलखर हिँड्ने बालकको कथा रोचक शैलीमा देखाइएको छ। बाटोमा भेटिने दिदीलाई ‘आइ लभ यू’ भन्दै हिँड्ने पुन्टे घरी एक्लै टोलाउँछ, घरी ऐनामा जुँगा बनाउँदै रमाउँछ। तर उसको दिमागमा सबभन्दा बढी पांग्राकै भूत सवार छ।

भुन्टे पांग्रा गुडाउँदा साथीले गिज्याएर छाडेर हिँडेको पुन्टेले ठूलो टायर पाउन अनेक जुक्ति लाउँछ। जसरी भए पनि ठूलो पांग्रा अर्थात् टायर चाहिएको उसले ठूलो टायर लिएर गएका दिन साथीहरूसँगै खेल्न योग्य मानिन्छ। तर बिचरा पुन्टेलाई ठूलो पांग्रा पाउन र त्यसलाई जोगाइराख्न कम्ता मुश्किल छैन।

फिल्ममा बालकले आफूलाई चाहिएको कुरा पाउन गर्ने संघर्ष, नपाउँदाको झर्कोफर्को र चाहेको कुरा पाउँदाको उत्साह रमाइलोसँग चित्रण गरिएको छ। पुन्टेको सानो पांग्राबाट ठूलो पांग्रा गुडाउने चाहनालाई प्रतीकात्मक रूपमा मान्छेको नयाँ र धेरै खोज्ने चाहनासँग जोडिएको छ।

पुन्टेका रूपमा बालकलाकार सुमित देसार सहज अभिनयले पनि फिल्म रोचक बनाएको छ। सुमितबाहेक फिल्ममा संगीता देशार, राहुल रिसाल, सोनिका घिमिरे आदिको मुख्य छ। फिल्मको पृष्ठभूमिमा बज्ने कुटुम्ब र ईश्वर जोशीको संगीतले पनि पुन्टेको पांग्रोलाई गतिशील बनाएको छ।

थर्स्टी, अनिल न्यौपाने

दुई जना साथीहरू पैदल यात्रामा छन्। एक जनाको विदेश जाने भिसा लागिसकेको छ, अर्कोले देशमै केही गरौं भन्ने सोच बोकेर मुगुमा स्मार्ट टाउन बनाउने सपना बुनेका छन्। विचार फरक भए पनि मन मिल्ने यी दुई साथी यात्राका क्रममा छोटो बाटो हिँड्छन् र हराउँछन्।

घना जंगलमा बाटो हराएका उनीहरूको यात्राको कथा यतिमै सकिँदैन। यसमा अरू थुप्रै रोचक घटना थपिँदै आउँछन्। ती घटनाक्रमबारे थाहा पाउन करिब पन्ध्र मिनेटको फिल्म ‘थर्स्टी’ हेर्नुहोला।

फिल्मलाई विगत र वर्तमान जटिल धागोमा बाँधिएको छ। दर्शकले आफैं थाहा पाउनुपर्ने खालका केही ठाउँ छाडिएको यो फिल्मले दर्शकमा रोमाञ्च पैदा गराउँछ। यो फिल्म गत वर्षको किम्फमा प्रिमियर भएको थियो।

हामीकहाँ, राम्रा थ्रिलर/हरर जनराका फिल्म खासै नभएको अवस्थामा कमजोर संवादका बावजुद यो फिल्मलाई राम्रै प्रयास मान्न सकिन्छ।

फिल्ममा प्रयोग गरिएका शब्दका कारण यो फिल्म अठार वर्षमाथिका उमेर समूहलाई सुहाउँदो छ। ड्रोनबाट खिचिएका हिमाल पहाडका लोभलाग्दा दृश्य, धुम्म परेको हुस्सु र कुहिरो अनि फिल्मको विधाअनुरुपको धमिलो रङ ‘थर्स्टी’ लाई हेर्नलायक बनाएको छ।

ज्याज फ्याक्ट्रीको निर्माण र अनिल न्यौपानेको निर्देशन रहेको यो फिल्ममा सरुक ताम्राकार र कुन्दन शाक्यको मुख्य भूमिका छ। निर्देशक अनिलका ‘निफ्टी’, ‘बब’ लगायत छोटा फिल्म युट्युबमा हेर्न सकिन्छ।

अबाउट अ गर्ल, मनिष निरौला

मुख्य पात्रले एक शब्द नबोलिकनै यो फिल्मले आफ्नो कुरा भन्छ। कथा सरल तर गम्भीर छ। यो यौन दुर्व्यवहारको विषयमा बनेको फिल्म हो।

नेहा कलेज बसमै पढ्न गए पनि फर्कने बेला सार्वजनिक बस चढ्नुपर्छ। सार्वजनिक बसमा यौन दुर्व्यवहार भोगेकी उनी कलेज जाने भन्नेबित्तिकै झस्किने भएकी छिन्।

आफ्नो कुरा घरमा भन्न नसक्ने उनी भित्रभित्रै भुटभुटिएर बाँचिरहेकी छिन्। आफ्नै स्कुटर भए यो समस्याबाट मुक्त हुने ठान्छिन्। तर घरमा उनको स्कुटर किन्ने मागको सुनुवाई भएको छैन।

‘अबाउट अ गर्ल’ पनि किम्फ, निफ लगायत महोत्सवमा प्रदर्शित फिल्म हो। बढीमा पाँच मिनेटको यो फिल्मको निर्देशन र सम्पादन चुस्त छ। सन्देश स्पष्ट छ। मानसिक तनाव झेलिरहेकी पात्रको भूमिकामा निशा कार्कीले राम्रो अभिनय गरेकी छिन्। फिल्ममा उनीसँगै निरु खड्का र भोला शाह मुख्य भूमिकामा छन्।

भोलिदेखि छोडिदिन्छु, निर्देशकःविकास बराइली

लागुपदार्थ सेवनको लत छुटाउन तिल्गोर बोमजोङलाई उनका अभिभावकले सुधार गृह राखेका छन्। सुधार गृहमा बसेर तिल्गोर आफू कसरी लागुपदार्थ सेवनमा फसेँ भनेर कथा सुनाउँछन्। संस्मरणात्मक शैलीमा उनले सुनाउने कथामा उनका बाल्यकालीन साथी बिहारी केन्द्रीय पात्रका रूपमा आएका छन्।

नशा सेवन गर्ने युवाले बोल्ने खालकै भाषाशैलीमा तिल्गोरले आफ्ना साथी, गुरु र बुबाको ‘क्यारिकेचर’समेत गरेका छन्। उनको रोचक कथाशैली र अभिनयले दर्शकलाई बाँधेर राख्छ।

बदमासी, निर्दोषपन र स्वीकारोक्तिले भरिएको यो फिल्मले दुर्व्यसनमा लागेका युवाको कथा भन्छ। दुर्व्यसन समाजको ठूलो समस्या हो जसकारण समाजमा आर्थिक, मानसिक र आपराधिक समस्या जन्मिन्छन्। कति त अल्पायुमै मर्छन्। भोलिदेखि छोडिदिन्छु भन्दाभन्दै एउटा निर्दोष जीवन ध्वस्त बन्छ।

अन्तर्यमा रहेको यो सन्देश मुख्य पात्रमार्फत फिल्मले भावनात्मक रुपमा प्रवाह गर्न सफल छ। मुख्य पात्र नयनराज पाण्डेले सराहनीय अभिनय गरेका छन्।

प्रभाकर गौतमले लेखेको यो समाचार हामीले सेतोपाटीबाट साभार गरेका हौँ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चर्चित गायिका पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान–२०८२’ प्रदान
मनाेरञ्जन

चर्चित गायिका पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान–२०८२’ प्रदान

by टाकुरा न्यूज । इटहरी
चैत्र १७, २०८२
0

इटहरी : ‘नझरेका फूलहरू’द्वारा सुप्रसिद्ध गायिका तथा अभिनेत्री पवित्र सुब्बालाई “नझरेका फूलहरू सम्मान–२०८२” प्रदान गरिएको छ। आयोजक संस्थाका अध्यक्ष केपी...

हेमन्त शर्माको साङ्गीतिक प्रस्तुतिले धरान झुम्यो
मनाेरञ्जन

हेमन्त शर्माको साङ्गीतिक प्रस्तुतिले धरान झुम्यो

by टाकुरा न्यूज । इटहरी
माघ २९, २०८२
0

धरान : लोकप्रिय गायक हेमन्त शर्माले साङ्गीतिक प्रस्तुति दिँदै दर्शक–स्रोतालाई भरपूर मनोरञ्जन प्रदान गरेका छन्। ‘नझरेका फूलहरू’को आयोजनामा धरान आएका...

सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २२, २०८२
‘काली’बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडिओ)

‘काली’बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडिओ)

अशोज १४, २०८२
तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

असार ८, २०८२
अञ्जु पन्त र दुर्गा पराजुलीको स्वरमा ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक (भिडिओसहित)

अञ्जु पन्त र दुर्गा पराजुलीको स्वरमा ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक (भिडिओसहित)

बैशाख १६, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी : टिकटकमा हातहतियार देखाउँदै भिडियो पोस्ट गर्ने दुई किशोर नियन्त्रणमा

सुनसरी : टिकटकमा हातहतियार देखाउँदै भिडियो पोस्ट गर्ने दुई किशोर नियन्त्रणमा

जेष्ठ १२, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु

जेष्ठ ११, २०८३
कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

चालू आर्थिक वर्षमा ११ हजार पर्यटक पुगे कोशी टप्पु

जेष्ठ ११, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1495 shares
    Share 598 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    892 shares
    Share 357 Tweet 223
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.