Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

रेडक्रस हाँसपोसालाई भीम पौडेलले दिए एम्बुलेन्स, बाजागाजासहित वडा परिक्रमा गरी अभिनन्दित (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २७, २०७८
in समाचार
0
रेडक्रस हाँसपोसालाई भीम पौडेलले दिए एम्बुलेन्स, बाजागाजासहित वडा परिक्रमा गरी अभिनन्दित (भिडियो)
320
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखालाई इटहरीका प्रतिष्ठित व्यवसायी भीम पौडेलले एम्बुलेन्स सहयोग गरेका छन् ।

आइतबार (आज) एक कार्यक्रमको आयोजना गरी पौडेलले एम्बुलेन्स हस्तान्तरण गरे ।

तरहरामा रहेको सगरमाथा खेल मैदानमा आयोजित कार्यक्रममा उनले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै पौडेलले आफूले व्यवसायबाट कमाएको केही रकम छुट्याएर सामाजिक काम गर्दै आएको बताए । उनका अनुसार १८ लाख रुपैयाँ बराबरको एम्बुलेन्स हाँसपोसा र खनार उपशाखालाई हस्तान्तरण गरिएको हो । यद्यपि, खनारमा भने एम्बुलेन्स खरिद भएर आएपनि हस्तान्तरण हुन बाँकी छ ।

‘दुई वर्षअघि मलाई एम्बुलेन्स दिनुपर्छ भनेर भनिएपछि दिने वचन दिएको थिएँ,’ पौडेलले भने, ‘०४६ देखि व्यवसायसँगै सेवामा समर्पित छु, सामाजिक काम गर्नका लागि कहिल्यै पनि पछि हटेको छैन ।’

उनले उद्योग बाणिज्य संघ इटहरीको अध्यक्ष भइसकेपछि यहाँका विभिन्न क्षेत्रमा सामाजिक काम गरिराखेको स्मरण गरे ।

उनले अहिले इटहरीमा सार्वजनिक शौचालय नरहेकाले अहिले उवासंघले ‘पोर्टेबल शौचालय’ सञ्चालन गरिराखेको बताउँदै तरहरा क्षेत्रमा पनि बैशाख १५ भित्र दुईवटा ‘पोर्टेबल शौचालय’ हस्तान्तरण गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले समाजमा अहिले पनि बिरामीलाई समयमा अस्पताल पु¥याउन नसक्दा मृत्यु नै भएको घटना विद्यमान रहेकाले अब यस क्षेत्रमा एम्बुलेन्स पाएर कसैको पनि ज्यान नजाने बताए ।

भने, ‘एम्बुलेन्स नपाएर अस्पताल नै नपुगी मृत्यु भएको घटनाहरू छन्, आज यसरी एम्बुलेन्स हस्तान्तरण गर्नु उदाहरणीय कार्य हो ।’
उनले मानवीय सेवामा अत्यन्त उदाहरणीय काम गरेकाले प्रशंसा गरे ।

कर्यक्रममा वडाध्यक्ष मणिराम श्रेष्ठले इटहरी क्षेत्रमा सामाजिक सेवामा समर्पित रहेका पौडेलले हाँसपोसा शाखालाई एम्बुलेन्स हस्तान्तरण गर्नु सराहनीय कार्य रहेको बताए ।

उनले भने, ‘उपचार नपाएर समय अभावले कसैको मृत्यु नहोस् भन्ने किसिमले सेवा गर्छु भन्नु अत्यन्त सराहनीय छ ।’

नेपाल रेडक्रस सोसाइटी सुनसरी सभापति उमेश थापाले सुनसरीमा हाल एक सय २२ वटा एम्बुलेन्स सञ्चालनमा रहेको बताउँदै मानवीय सेवामा समर्पित रहेको रेडक्रसलाई एम्बुलेन्स हस्तान्तरण गर्नु सुखद रहेको बताए ।

उनका अनुसार सुनसरी रेडक्रसमा २०३४ सालदेखि एम्बुलेन्स सञ्चालनमा रहेपनि शाखामा भने नभएको अवस्थामा यहाँका जनतालाई प्रत्यक्ष रूपमा सेवा पुग्ने बताए । उनले एम्बुलेन्स सेवा व्यापारमुखी हुन नहुने तर्क राखे ।

कार्यक्रममा स्वागत मंतब्य राख्दै दोर्ण न्यौपाने रेडक्रस हाँसपोसा उपशाखा २०४४ सालमा स्थापना भएर यहाँको मानवीय सेवामा समर्पित रहेको बताए । रेडक्रसले विभिन्न मानवीय सेवा गरेपनि एम्बुलेन्स सेवाबाट यस क्षेत्रका जनतालाई सेवा पु¥याउन नसकेको अवस्थामा पौडेलले एम्बुलेन्स दिएर मानवीय काम गरेको बताए ।

कार्यक्रममा रेडक्रस हाँसपोसा उपशाखाका सभापति चन्द्रकुमार गिरीले सामाजिक काम गर्न धेरै बाधा आउने बताए ।

उनले भने, ‘सामाजिक काम गर्दा हरेक निकायमा आर्थिक चलखेल हुँदो रहेछ, त्यसैकारण पनि हामी दुईवर्ष ढिला भयौँ ।’ उनले दुई वर्ष अघि नै एम्बुलेन्स आउने भएपनि प्राविधिक कारणले ढिला भएको बताउँदै पौडेलले एम्बुलेन्स दिनु उदाहरणीय कार्य भएको बताए ।

साथै, कार्यक्रममा एम्बुलेन्स दाता पौडेललाई बाजागाजासहित वडा परिक्रमा गरी अभिनन्दित समेत गरिएको रेडक्रस हाँसपोसाका कोषाध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए ।

एम्बुलेन्सका लागि ९८२६३८६००० मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

भिडियो

Tags: #तरहरा#रेडक्रसएम्बुलेन्सनेपाल रेडक्रस सोसाइटीभीम पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी ब्यारेज पुल
विविध

कोशी ब्यारेज पुल

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

सुनसरी र सप्तरी जोड्ने सप्तकोशी नदी माथिको कोशी ब्यारेज पुल । वर्षायाम भएकाले नदीमा पानीको बहाव बढ्न थालेपछि ब्यारेज क्षेत्रमा...

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु
समाचार

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

मोरङ : घरमै पालेको खसी नियन्त्रणमा लिन सडक पार गर्न खोज्दा मोरङको केराबारीमा एक वृद्धा महिलाले ज्यान गुमाएकी छन्। शुक्रबार...

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३
कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.