संखुवासभा: संखुवासभाको चैनपुर नगरपालिका ५ मा पानीमा डुबेर बालकको मृत्यु भएको छ।
हिजो सोही स्थानका पेमा ओङ्दि शेर्पाका १ वर्षीय छोरा निमा साङ्गे शेर्पालाई जुठेल्नोमा खोले पकाउन राखिएको फोसी भाडामा रहेको पानीमा डुबेर मृत अवस्थामा परिवारले फेला पारेको थियो।
इलाका प्रहरी कार्यालय चैनपुरबाट गएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको जनाएको छ।



















Discussion about this post