संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका १ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ ।
चैनपुर नुनढाकी सडकखण्डमा तारजाली पर्खाल लगाउने क्रममा आज (बुधबार) बिहान ११ बजे अचानक सुख्खा पहिरो झरेर पुरिँदा सडक निर्माण कार्यमा खटिएका दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरी धरानका ३५ वर्षीय रामकुमार राई र चौदण्डीगढी नगरपालिका ६ उदयपुरका २० वर्षीय हेमबहादुर मगर रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटिएर पहिरोमा पुरिएका दुवैजनाको शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदबारी पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post