विराटनगर : विराटनगरमा डाक्टरले चलाएको कारको ठक्करबाट सुरक्षा गार्डको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार विराटनगर १३ मा रहेको विराट आँखा अस्पतालमा कार्यरत रहेका सुरक्षा गार्ड विराटनगर ४ निवासी ४५ वर्षीय गुरुप्रसाद लुईँटेलको मृत्यु भएको हो ।
अस्पताल छिर्ने क्रममा बागमती प्रदेश ०१–२७ च ४०२१ नम्बरको कारले ठक्कर दिँदा लुईँटेलको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार चालक जिल्ला पर्सा बीरगञ्ज ८ बस्ने ३४ वर्षीय डा. दिवेश साह प्रहरीको नियन्त्रणमा रहेका छन् ।
टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post