इटहरी : सुनसरीको हरिनगरा गाउँपालिका ४ बाट कटुवा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ वर्षीय ओमप्रकाश पाल रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हरिनगरा ४ का डोमी मेहताको घरमा पाहुना आएका पालको बीआर ३९ जे ६८३५ नम्बरको मोटरसाइकलको डिकिभित्र प्लास्टिकमा बाँधेर लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोलीसहित बरामद गरेको हो ।
कटुवा पेस्तोलसहित पक्राउ परेका उनीमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post