इटहरी : सुनसरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरीको गढी गाउँपालिका ३ स्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १७५२ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको को ३ प २५४५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरीको बर्जु गाउँपालिका ६ का ५४ वर्षीय शिवनारायण चौधरी रहेका छन् ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post