धरान : धरान उपमहानगरपालिका ५ देउरालीबाट गाँजासहित आमाछोरीलाई प्रहरीले पक्राउ गरेको छ ।
देउराली प्रहरी चौकीबाट खटिएको प्रहरीले आमाछोरीसहित अर्का एक किराना पसल सञ्चालकलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीय सीमा राई र २० वर्षीया बिनिका राई रहेका छन् । उनीहरूलाई दुई केजी गाँजासहित पक्राउ गरिएको हो ।
उनीहरूको बारीबाट २० बोट गाँजा पनि नष्ट गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको धरान प्रहरीले जनाएको छ ।














Discussion about this post