इटहरी : इटहरीमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी १७ पकलीस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ वर्षीय मंगलु चौधरी रहेका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गरेको अवस्थामा साइकलयात्री चौधरीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा बस चालक भोजपुर २ बस्ने ३७ वर्षीय आकाश राई र बस प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post