विराटनगर : विराटनगरमा भारतीय मालवाहक ट्रकको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।
विराटनगरबाट जोगबनीतर्फ जाँदै गरेको डब्लु बी २३ बी ४९६१ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको हो । मृतकको विवरण खुल्न बाँकी छ ।
दुर्घटनापछि रोडशेष चोकको अवस्था तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रण बाहिर जान नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।














Discussion about this post