विराटनगर : विराटनगर महानगरपालिका १३ स्थित कोशी प्रोजेक्टको भित्री सडकखण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ६२५८ नम्बरको मोटरसाइकलले बिपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार विराटनगर १५ का ४५ वर्षीय भोला श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा १२ वर्षीय सुशान्त श्रेष्ठ घाइते भएका छन् । उनको न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।














Discussion about this post