झापा : झापामा अबैध रूपमा काठ चोरी तस्करी गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इलामको चुलाचुली ५ बस्ने १९ वर्षीय नवीन लिम्बू, वडा नं ३ बस्ने २० वर्षीय सुजन श्रेष्ठ, सोही ठाउँका ३० वर्षीय धनपति न्यौपाने, फाकफोकथुम ३ बस्ने २० वर्षीय रमेश लिम्बू र पाँचथर तुममेवा १ बस्ने २२ वर्षीय विवेक लिम्बू रहेका छन् ।
बुधबार बिहान ३ बजे दमक वडा नं. २ आम्दा रोडमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ५ थान साइकलमा काठसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अबैध रूपमा सिसौको जातको गोलिया ५ थान (२६.८५ क्यु.वि.), सखुवा जातको चिरान काठ १४ थान (११.९५ क्यु.वि.) गरी जम्मा ३८.८० क्यु.वि. काठ र काठ काट्ने साधनसहित फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।













Discussion about this post