इटहरी : प्रदेश १ स्तरीय महिला भलिबल प्रतियोगितामा ओखलढुंगाले स्वर्ण पदक जितेको छ ।
आइतबार झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा भएको खेलमा खोटाङलाई पराजित गर्दै ओखलढुंगाले महिला भलिबलको उपाधि जितेको हो ।
सेमिफाइनल र फाइनल खेल आइतबारै कमल गाउँपालिकामा सम्पन्न भएको थियो भने तेस्रो पोजिसनको लागि झापाको दमकमा खेल सम्पन्न भएको थियो ।
ओखलढुंगाले पहिलो सेटमा जित्दा खोटाङको १४ अंक थियो भने खोटाङले दोस्रो सेट जित्दा ओखलढुंगाको २२ अंक थियो ।
ओखलढुंगाले तेस्रो र अन्तिम सेट जित्दै भलिबलको उपाधि जितेको छ । तेस्रो पोजिसनको लागि भोजपुर र उदयपुरबीच प्रतिस्पर्धा भएको थियो । जसमा भोजपुरले जितेको थियो ।
पुरुष भलिबलमा ओखलढुंगाले दोस्रो पोजिसन ल्याएको थियो भने महिलातर्फ भने जित हासिल गर्यो ।












Discussion about this post