इटहरी : सुनसरीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार तत्काल नाम, थर, वतन नखुलेको के–कुन सवारी साधनले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरीको कोसी गाउँपालिका १ लौकहीकी ५५ वर्षीया महिला रहेकी छन् ।
महिलाको तत्काल परिचय नखुलेको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारीसाधनको खोजतलास भइरहेको बताइएको छ । पैदलयात्री रहेकी ती महिलालाई तीव्र गतिमा रहेको सवारी साधनले ठक्कर दिएको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।














Discussion about this post