इटहरी : झापाको कन्काई नगरपालिका ३ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बुधबार (आज) बिहान साढे ११ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा चालक मोरङको उर्लाबारी ४ का ५३ वर्षीय नागेन्द्र प्रसाद कोइरालाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post