इटहरी : सुनसरीमा पिकअपको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बिहीबार भोक्राहा–नरसिंह गाउँपालिका ४ चिरौली चोकस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ९०७७ नम्बरको बोलेरो पिकअपले बिपरीत दिशातर्फ आउँदै गरेको को ७ प ४५५२ नम्बरको मोटराइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी राजबिराज बस्ने २४ वर्षीय सुमितकुमार यादव रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअपले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पिकअप चालक रामधुनी ९ बस्ने ३५ वर्षीय अमितकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post