सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहा बस्ने वुद्वीमान कार्कीको रुखबाट लडेर मृत्यु भएको छ।
प्रहरीका अनुसार ७२ वर्षका कार्की बुधबार बिहान करिब ९ बजे तिर कालिन्द्र सामुदायिक वनको जंगलमा बाख्रालाई घाँस काट्ने क्रममा रुख चडेका एकासी रुखबाट खसेर घाइते भएका थिए ।
उनको बाहिरी चोट भने नदेखिएकाले उनलाई उपचार लागि धरान स्थित वि पि कोइराला स्वास्थ्य विज्ञान पठाएको प्रहरी जनाएको छ। उपचारको क्रममा करिब ३ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरी जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post