इटहरी : सुनसरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सुनसरीको कोसी गाउँपालिका ८ नेहरुपार्कस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ३२ ए–एच ६२४४ नम्बरको मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही ठाउँकी ६० वर्षीया सीतादेवी मुखिया रहेकी छन् । उपचारको क्रममा शनिबार साँझ नोबेल अस्पताल विराटनगरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक भारत बिहार मधुबनी बस्ने २८ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।














Discussion about this post