विराटनगर : स्रोत नखुलेको नेपाली ९ लाख २० हजार रूपैयाँसहित विराटनगरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १९ का ४२ वर्षीय सञ्जीवकुमार साह रहेका छन् ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार भारतीय मोटरसाइकलमा सवार रहेका साहलाई विराटनगर–१० बाट राति ८ः३० बजेतिर पक्राउ परेका हुन् ।
बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको उनले बताए । उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने अनुमान प्रहरीको छ ।
प्रहरीका अनुसार पक्राउ परेका साहले साथबाट बरामद भएको रकमको स्रोत खुलाउन सकेनन् । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post