विराटनगर : विराटनगरमा लहरीको ठक्करबाट सुरक्षा गार्डको मृत्यु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय इटहरीका अनुसार विराटनगर १८ स्थित भन्सार कार्यालय (आईसिपी) छेउमा शनिबार राति लहरीको ठक्करबाट स्कुटरमा सवार सुरक्षा गार्डको मृत्यु भएको हो ।
मे १० प ९१६१ नम्बरको स्कुटीलाई भारतीय नम्बर प्लेटको एनएल ०२ जी ८९५२ नम्बरको लहरीले ठक्कर दिएको थियो । ठक्करबाट मृत्यु हुनेमा झापा मेची नगरपालिका १३ घर भएका ४५ वर्षीय राजन गिरी रहेका छन् ।
उनी आईसिपीमा सुरक्षा गार्डको रूपमा कार्यरत छन् । इटहरी ९ मा रहेको सुदर्शन सेक्युरिटी सर्भिस प्रालिमार्फत उनी त्यहाँ कार्यरत थिए । ड्युटी सकेपछि बैङ्कमा पैसा झिक्न कुटर लिएर गएका थिए ।
ठक्कर दिने चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post