विराटनगर : विराटनगर महानगरपालिका १५ स्थितबाट श्रोत नखुलेको रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जहदा गाउँपालिका १ मोरङका ३२ वर्षीय उदियानन्द सरबरीया रहेका छन् ।
इलाका प्रहरी कार्यालय रानी (सीमा) बाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सरबरियालाई शंका लागेर चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको ३ लाख ५६ हजार २ सय १० रुपैयाँ नेपाली नोटसहित पक्राउ गरेको हो ।
श्रोत नखुलेको रकमसहित पक्राउ परेका सरबरियालाई आवश्यक कारबाहीको लागि आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।




















Discussion about this post