इटहरी : सुनसरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
शनिबार बिहान ११ः३० बजेतिर सुनसरीको हरिनगरा गाउँपालिका १ स्थित हुलाकी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २५ प ८८०९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको अवस्थामा बालिकालाई ठक्कर दिएको थियो ।
ठक्करबाट भारत अररिया बस्ने सुबोध मुखियाकी ७ वर्षीया छोरी नैना कुमारी मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक हरिनगरा २ बस्ने २१ वर्षीय सदाम अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post