इटहरी : सप्तकोसी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको बेलका नगरपालिका ८ पलेटी होटलमा काम गर्दै आएका सुदीप विष्ट रहेका छन् ।
कोसी पुलस्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज असई रमेश राईका अनुसार सप्तकोसीमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।
सशस्त्र प्रहरी पकलीबाट आएका गोताखोरको टोलीले सप्तकोसी पुलबाट २०० मिटर तल विष्टको शव निकालेको थियो ।
मृतक सुदीप बेलका नगरपालिका ६ माङफाङका बासिन्दा हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post