Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धनकुटा नगरमा सुरु भयो सरसफाई अभियान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ४, २०७९
in समाचार
0
धनकुटा नगरमा सुरु भयो सरसफाई अभियान
76
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : धनकुटा नगरलाई सफा र सुन्दर बनाउन नगरक्षेत्रमा सरसफाई अभियान सुरु गरिएको छ ।

‘धनकुटा नगर सुन्दर, स्वच्छः समुन्नत सहर’ नारा लिएको नगरपालिकाले अभियान नै सञ्चालन गरेर नगरक्षेत्रको सरसफाई थालेको हो ।

अभियानको पहिलो दिन शनिबार पर्डेप नेपालसँगको सहकार्यमा बसपार्कसहित जिरोप्वाइन्ट, रमाइलो घुम्ती, परिचयमोड लगायत बजार तथा सडक क्षेत्रको सरसफाई गरिएको छ ।

सरसफाई अभियानको अगुवाई गर्दै नगर प्रमुख चिन्तन तामाङ आफै झाडु बोकेर सडक बढार्दै हिँडेका थिए ।

उनीसँगै प्रमुख जिल्ला अधिकारी लीला केसी, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, धनकुटा ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरी प्रमुख डीएसपी दीपक बलामी, सल्लेरीस्थित नेपाली सेनाको भीमदल गणका गणपति सुमन थापा लगायत पनि सरसफाई अभियानमा कुचो बोकेर निस्किएका थिए ।

अब, नगरलाई थप सफा र सुन्दर बनाउन अभियानकै रुपमा सरसफाई गरिने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ‘विभिन्न संघसस्था, सुरक्षा निकाय, नगरबासी लगायत सबैसँग सहकार्य गरेर सरसफाई अभियान थालेका छौं,’ नगर प्रमुख तामाङले भने, ‘धनकुटा नगरलाई अझै सफा र सुन्दर बनाउँन यो अभियानलाई निरन्तरता दिन्छौं ।’

धनकुटा नगरपालिकाले केही साता सचेतनामूलक सरसफाई अभियान सञ्चालन गरेर जथाभावी फोहोर नगर्न आग्रह गर्ने र त्यसपछि पनि अटेर गरेर जथाभावी फोहोर गर्नेलाई कारबाही गर्ने तयारी गरेको छ ।

जथाभावी फोहोर गर्नेलाई पाँच हजारदेखि ५० हजारसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ । चैत महिनाभर सचेतनामूलक सरसफाई अभियान सञ्चालन गरिने र अटेर गरेर जथाभावी फोहोर गर्नेलाई बैशाखबाट कानूनी कारबाही गरिने नगरपालिकाको वातावरण उपशाखा प्रमुख उपेन्द्र खनालले बताए ।

‘जथाभाबी फोहोर गर्नेलाई पाँच हजारदेखि ५० हजारसम्म जरिवाना गराउँन सक्ने कानूनी व्यवस्था भएपनि अहिलेसम्म त्यसमा कडाइ गरिएको थिएन, तर अब बैशाखबाट कडाइ गरिन्छ,’ खनालले भने ।

धनकुटा नगर, मुलुककै सफा सहरका रुपमा चिनिन्छ । २०७४ सालमा देशभरको सबैभन्दा सफा सहरका रुपमा धनकुटा नगरलाई सरकारले १० लाख नगदसहित पुरस्कृत गरेको थियो ।

धनकुटा नगरले हालसम्म नगर क्षेत्रका २ हजार ६ सय घरधुरीलाई फोहोर फाल्ने डस्टबिन वितरण गरेको छ । नगरका सार्वजनिक स्थानहरूमा पनि ९ सय ५० वटा डस्टबिन राखेर फोहोर संकलन गरी फोहोरमैला व्यवस्थापन केन्द्रमा लगेर फोहोर व्यवस्थापन गर्ने गरिएको छ ।

Tags: #धनकुटाचिन्तन तामाङसरसफाई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    286 shares
    Share 114 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.