धरान : धरानमा ठगीको नयाँ शैली प्रयोग गरेको पाइएको छ ।
धरान उपमहानगरपालिका ३ गौधारमा किराना पसल सञ्चालन गरेका गंगा कोइरालाको किराना पसलमा चुरोट माग्न आएका ग्राहकलाई बिक्री गर्न भनेर स्टोरमा दस दिनअघि खरिद गरेको चुरोटको बन्डल खोलेपछि ठगी भएको खुलेको हो ।
कोइरालाका अनुसार १० दिनअघि मोटरसाइकलमा आएका अपरिचित व्यक्तिबाट २१ सयमा खरिद गरिएको एक बन्डल शिखर चुरोटका प्याकेटहरूमा चुरोटका खिली नभएर कागजले भरिको पाइएको छ ।
उनका अनुसार खुल्ला प्याकेटमा २ बट्टा मात्र थियो, ग्राहकले ५० रुपैयाँको मागेपछि बन्डल खोलेको, प्याकेटभित्र सबै कागजले भरिएको रहेछ ।
बन्डलको एउटा प्याकेटमा कागज भरिएको भेटिएपछि अन्य २ वटा प्याकेट पनि खोलेर हेर्दा अरूमा पनि कागजले भरिएको गंगाका श्रीमान् राम कार्कीले बताए ।
कार्कीले आफू झुक्किए पनि अरूलाई नझुक्किन सचेत गराउँदै ठगी गर्नेलाई खोजी गरी कानुनको दायरामा ल्याएर थप ठगी हुनबाट रोक्न माग राखे ।














Discussion about this post