इटहरी (डेस्क) : पूर्व पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका ३, हरिहरपुरमा शनिबार बिहान दुईवटा ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
बिहान ४ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा जुध्दा दुर्घटना भएको हो ।
ठक्करबाट ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनरुवाका २७ वर्षीय सागर चौधरी सोही ट्रकका सहचालक सुनसरी भरौलका ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक चालक मोरङको बेलबारी ८ का ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकका सहचालक सर्लाहीको बाग्मती ११ का नारायण श्रेष्ठ गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कविन राईले जानकारी दिए ।
उनका अनुसार ठक्करबाट सख्त घाइते भएका चारैजनालाई ढल्केवरस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post