इटहरी : इटहरीमा बाटो क्रस गर्दै गरेका युवकलाई पिकअपले ठक्कर दिदाँ मृत्यु भएको छ ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ८ स्थित कर कार्यालय नजिकैको मुख्य राजमार्गमा पिकअपले ठक्कर दिदाँ अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको हो ।
शनिबार ७ः४५ बजेतिर तत्काल नम्बर नखुलेको सेतो रङको पिकअपले युवकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
इटहरीबाट खनारतर्फ जाँदै गरेको नम्बर नखुलेको सेतो रङको पिकअप गाडीले बाटो क्रस गर्दै गरेको पैदलयात्री तत्काल नाम, थर, वतन नखुलेको युवकलाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका युवकको विराट नर्सिङ होममा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधन फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post