इटहरी : धरान उपमहानरपालिकाले इटहरी २० तरहराको पानीपियामा राखेको ‘सीमा प्रारम्भ’ को बोर्ड युवा संघ इटहरीले उखेलेको छ ।
एमालेसम्बद्ध युवा संघमा आबद्व युवाहरूले मध्यरातमा उखेलेर इटहरी उपमहनगरपालिकाको परिसरमा ल्याएर जिम्मा लगाएका हुन् ।
युवा संघका कमलजंग क्षेत्रीले जनप्रतिनिधिहरूबीच बसेर छलफल गर्नुपर्ने भएपनि धरानले एकलौटी ढंगले बोर्ड राखेपछि आँफूहरूले उखेलेको उनले उनले बताए ।
यो क्षेत्र भने इटहरी वडा नं. २० मा पर्ने भएकाले भोगाधिकार पनि इटहरीले नै गर्दै आएको छ ।
इटहरी र धरान छुट्टाउने सीमानाबारे भने यसअघि पनि विवाद थियो । तर, सेउती पुलले नै दुवै स्थानीय तहको सीमाना छुट्टाउँदै आएको छ ।
यो पनि – धरानका मेयर हर्क साम्पाङले सीमा मिचेर लगाए ‘सीमा प्रारम्भ’को बोर्ड












Discussion about this post