Saturday, September 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

मुखौटाभित्रको मान्छे (कविता)

पुरु लम्साल by पुरु लम्साल
अशोज ३, २०८३
in कला साहित्य, टाकुरा विशेष
0
मुखौटाभित्रको मान्छे  (कविता)
50
SHARES
Share on FacebookShare on Twitter

पहिरिएर ​काँचको मुस्कान
भित्रभित्रै पग्लिएर पखाल्दै छ आफ्नै छाती
संसारले उभ्याएको अग्लो पर्खालभित्र !

​अनुहारमा एउटा दरिलो मुस्कान टाँसेर
हिँडिरहेछ एउटा मान्छे—
जसलाई यो संसारले
‘पुरुष’ नाम दिएको छ।
छातीभित्र पग्लिरहेको सिसा बोकेर
उभिएको छ ऊ,
आफ्नै स्तब्धताको अग्लो टापुमा।

​उसका लागि रुने ठाउँ
यो सहरको कुनै नक्सामा छैन !

​ऊ आकाशतिर हेर्छ—
जहाँ विशाल नीलो शून्य छ।

​ओ आकाश !
तिमी त असीम छौ,
मेरो यो निसास्सिएको चीत्कारलाई
तिम्रो बादलको कुनाभित्र
अलिकति ठाउँ देऊ न !
मलाई एकैछिन नीलो हुन देऊ !

​ऊ पहाडको मौनतालाई स्पर्श गर्छ—
जहाँ कडा चट्टानहरूभित्र
रहस्यमय पहिरो लुकेको छ।

ओ पहाड!
तिमी र म त एउटै रहेछौँ,
बाहिरबाट अटल
भित्रभित्रै चर्किएका!
मलाई बलियो हुने अभिनयबाट
एकैछिन भए पनि फुर्सद देऊ न,
तिम्रै फेदीमा ढलेर रुने एउटा गुफा देऊ न !

​ऊ अदृश्य हावासँग कानेखुसी गर्छ—

​ओ हावा !
तिमी त स्पर्श हौ,
तिमी त मर्म हौ।
मेरो यो तातो सुस्केरालाई
तिम्रै वेगमा उडाएर लैजाऊ न
कसैले नसुन्ने गरी मेरो पीडा सुनिदेऊ न !

ऊ पानीको प्रवाहमा
आफ्ना औँलाहरू डुबाउँछ—

​ओ पानी !
तिमीसँग त आफ्नै बहाव छ,
आफ्नै आँसु छ।
मेरो परेलाका डिलमा थुनिएका
यी नदीहरूलाई
तिम्रै छातीमा मिसाएर
समुद्रसम्म पुर्‍याइदेऊ न

​अनि…
जब सहर सुत्छ,
ऊ रातको अँध्यारो ओढेर बस्छ—

​ओ रात!
तिमी त अन्तिम साँचो चौतारी हौ,
जहाँ उज्यालोको कुनै
मुखौटा लगाउनु पर्दैन।
तिम्रो कालो घुम्टोभित्र
मेरो पुरुषत्वलाई एकैछिन निदाउन देऊ,
मलाई मान्छे भएर रुने…
अलिकति अँध्यारो ठाउँ देऊ न!

​रातको कालो घुम्टोभित्र
फुकालेर पुरुषत्वको भारी,
अँध्यारोको अँगालोमा पग्लिन्छ ऊ
निःशब्द बनेर—
जहाँ मुखौटा हराउँछ र
रुन्छ एउटा मान्छे !

Tags: कवितापुूरु लम्साल
पुरु लम्साल

पुरु लम्साल

Related Posts

गजल (राज भट्टराई)
FEATURE BREAKING

गजल (राज भट्टराई)

by पुरु लम्साल
अशोज ३, २०८३
0

आऊन् समाऊन् यी हात मेरा छाडी नजाऊन् यी हात मेरा हाम्रो सहारा भेट्यौँ भनेर छामी रमाऊन् यी हात मेरा आनन्द...

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने
कला साहित्य

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

by पुरु लम्साल
अशोज २, २०८३
0

इटहरी : ‘धानसुक्यो रापले फकाउँछ काफ्ले जानु कि नजानु’ गीतका सर्जक युवराज काफ्लेसहितको टिमले नेपाली कथानक चलचित्र निर्माण गर्ने भएको...

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३
म आफैँसँग नहारूँ (कविता )

म आफैँसँग नहारूँ (कविता )

अशोज १, २०८३

अब गाउँमा बाँकी को छन् ?

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३
गजल (राज भट्टराई)

गजल (राज भट्टराई)

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    513 shares
    Share 205 Tweet 128
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.