विराटनगर : कोसी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले आज (आइतबार) बिहानै विराटनगरबाट पक्राउ गरेको छ ।
विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले कार्यकर्ताहरू भेला भएका थिए ।
पहिचानवादीहरूले प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनकोे घोषणा गरेसँगै सडकमा पहिचानबादीहरू निस्किएको बताइएको छ ।
आइतबार (आज) दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ । आन्दोलन घोषणा भएसँगै प्रशासनले भने सुरक्षा व्यवस्था कडा बनाएको छ ।
प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।




















Discussion about this post