Friday, July 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

अन्तर्वार्ता : ‘घरबहाल कर घरबेटीले तिर्नुपर्छ, व्यवसायीले होइन’ – सञ्जीप खड्का

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १९, २०८३
in अन्तर्वार्ता, समाचार
0
अन्तर्वार्ता : ‘घरबहाल कर घरबेटीले तिर्नुपर्छ, व्यवसायीले होइन’ – सञ्जीप खड्का
50
SHARES
Share on FacebookShare on Twitter

यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै सदस्य पदका उम्मेदवार सञ्जीप खड्कासँग वर्तमान व्यावसायिक वातावरण, उद्योगी–व्यवसायीले भोगिरहेका चुनौती, उद्योग वाणिज्य संघको भूमिका तथा निर्वाचित भए कार्यान्वयन गर्ने प्राथमिकताबारे गरिएको कुराकानीको सम्पादित अंश :-

१. सर्वप्रथम आफ्नो व्यक्तिगत तथा व्यवसायिक पृष्ठभूमिबारे बताइदिनुहोस् न । कुन व्यवसायमा हुनुहुन्छ, यो क्षेत्रमा कति वर्षदेखि सक्रिय हुनुहुन्छ ?

म इटहरीको व्यावसायिक क्षेत्रमा वि.सं. २०६८ सालदेखि इटहरीको धरान रोडमा मकालु मेडिकल हल सञ्चालन गर्दै औषधि व्यवसायमा जोडिएको हुँ। हाल व्यवसाय विस्तार गर्दै धरान रोडमै साझा फार्मेसी र औषधिको थोक व्यवसायका रूपमा लक्की फर्मा प्रा.लि.समेत सञ्चालन गरिरहेको छु। उद्योग वाणिज्य संघसँग मेरो सम्बन्ध व्यवसाय सुरु गरेकै समयदेखिको हो र म यस संघको आजीवन सदस्य समेत हुँ।

२. तपाईंलाई चुनाव लड्न प्रेरित गर्ने मुख्य कारण के हो ?

मलाई चुनाव लड्न प्रेरित गर्ने मुख्य शक्ति म आफैँ र व्यवसायीहरूले भोग्नुपरेका व्यावहारिक समस्या हुन्। विशेषगरी अहिले चुनावका बेला उम्मेदवारहरू आफैँ हिँडेर व्यवसायीहरूको नवीकरण गरिदिने र भोट सुरक्षित गर्ने जुन गलत परिपाटी छ। म त्यसको सधैँका लागि अन्त्य गर्न चाहन्छु। संघलाई यस्तो गरिमामाय संस्था बनाउनुपर्छ जहाँ व्यवसायीहरू कुनै दबाब वा प्रलोभन बिना, आफैँ प्रेरित भएर नयाँ दर्ता र नवीकरणका लागि आऊन्। म व्यवसायीमैत्री कार्यक्रम ल्याएर उनीहरूलाई संघप्रति आकर्षित गर्न चाहन्छु।

३. निर्वाचित हुनुभयो भने तपाईंको पहिलो प्राथमिकता के हुनेछ ?

निर्वाचित भएपछि मेरो पहिलो र मुख्य प्राथमिकता नै चुनावका बेला उम्मेदवारले ठेक्का लिए जस्तै गरी व्यवसायीको नवीकरण गरिदिने परनिर्भर प्रवृत्तिको अन्त्य गर्नु हुनेछ। संघको प्रणालीलाई यति सहज, पारदर्शी र सम्मानित बनाइनेछ कि व्यवसायीले आफ्नो हक र कर्तव्य आफैँ बुझेर गौरवका साथ संस्थामा जोडिने वातावरण बनोस्।

४. इटहरीका उद्योगी–व्यवसायीले अहिले भोगिरहेका समस्या के–के हुन् र ती समाधानका लागि तपाईंको योजना के छ ?

अहिले इटहरीका व्यवसायीहरू घरबहाल करको मारमा छन्। घर धनीहरूबाट हुने मनपरी भाडा वृद्धिले ठूलो मानसिक तथा आर्थिक तनाव भोगिरहेका छन्। मेरो योजना घरबहाल कर व्यवसायीले होइन, कानुनअनुसार घरबेटीले नै तिर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गराउनु हो। यसका लागि संघले नेतृत्वदायी भूमिका खेलेर अव्यावहारिक भाडा वृद्धिलाई नियन्त्रण गर्न ठोस पहल गर्नेछ।

५. साना तथा मझौला व्यवसायीको हितका लागि संघले अहिलेभन्दा फरक के गर्नुपर्छ भन्ने लाग्छ ?

संघले जहिले पनि ठूला कुरा मात्र गरेर हुँदैन। किनकि, व्यवसायी र उद्यमीहरूलाई दैनिक रूपमा स–साना कुराले सताइरहेका छन्। अब संघले घरबहाल करको अन्योलता सधैँका लागि अन्त्य गर्ने, बजारलाई व्यवस्थित र सुन्दर बनाउने, ग्राहक र व्यवसायी दुवैका लागि पार्किङको समस्या हल गर्न स्थानीय सरकारसँग बलियो समन्वय गर्ने र व्यवसायीहरूका लागि कर अभिमुखीकरण तथा कर शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने जस्ता प्रत्यक्ष राहत मिल्ने काम गर्नुपर्छ।

६. स्थानीय सरकार, कर नीति, बैंकको ब्याजदर र लगानीमैत्री वातावरणबारे तपाईंको धारणा के छ ?

स्थानीय, प्रदेश वा संघीय जुनसुकै सरकार भए पनि व्यवसायीले १० ठाउँमा दर्ता र नवीकरणका लागि भौँतारिनुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य हुनुपर्छ। जहाँ कर बुझाउने हो, त्यहीँ एकैपटक र एकै ठाउँबाट दर्ता, नवीकरण र कर भुक्तानी हुने एकद्वार प्रणालीको परिकल्पनालाई साकार पार्न म निरन्तर वकालत र पहल गर्नेछु।

७. अन्त्यमा, इटहरीका सम्पूर्ण उद्योगी–व्यवसायीलाई तपाईंको सन्देश के छ ?

इटहरीका सम्पूर्ण उद्योगी व्यवसायी साथीहरूमा मेरो विनम्र अनुरोध छ– चुनावको बेला सबैको ठेक्का लिए जस्तै गरी नवीकरण गरिदिने र व्यवसायीलाई परनिर्भर बनाउने गलत प्रवृत्तिको सधैँका लागि अन्त्य गरौँ। संघलाई उद्योगी, व्यवसायीको वास्तविक साझा र स्वाभिमानी संस्था बनाउनका लागि मलाई यहाँहरूको अत्यन्तै महँगो र अमूल्य मत दिई विजयी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु

Tags: #उवासंघअन्तर्वार्तासञ्जीप खड्का
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १९, २०८३
0

विराटनगर : कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको अभियानअन्तर्गत विभिन्न जिल्लाबाट ब्राउनसुगर, प्रतिबन्धित औषधि र नगदसहित आठ जनालाई पक्राउ गरेको...

‘साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य (अन्तर्वार्ता)

by टाकुरा न्यूज । इटहरी
असार १९, २०८३
0

यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै सदस्य पदकी उम्मेदवार मीना ढकाल आचार्यसँग वर्तमान व्यावसायिक...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

धनकुटा : झुटा विवरणमा दोहोरो नागरिकता र राहदानी, एक जना प्रहरीको फन्दामा

असार १९, २०८३
एक शताब्दीदेखि नथामिएको वासिङ पहिरो, समाधान अझै भेटिएन

एक शताब्दीदेखि नथामिएको वासिङ पहिरो, समाधान अझै भेटिएन

असार १९, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

ट्रकसँग मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

असार १९, २०८३
उवासंघ इटहरीको साधारणसभामा व्यवसायीहरूको एकै स्वर – ‘नीति नसच्चिए निजी क्षेत्र थप संकटमा पर्छ’

उवासंघ इटहरीको साधारणसभामा व्यवसायीहरूको एकै स्वर – ‘नीति नसच्चिए निजी क्षेत्र थप संकटमा पर्छ’

असार १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अन्तर्वार्ता : ‘घरबहाल कर घरबेटीले तिर्नुपर्छ, व्यवसायीले होइन’ – सञ्जीप खड्का

अन्तर्वार्ता : ‘घरबहाल कर घरबेटीले तिर्नुपर्छ, व्यवसायीले होइन’ – सञ्जीप खड्का

असार १९, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

असार १९, २०८३
‘साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य (अन्तर्वार्ता)

‘साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य (अन्तर्वार्ता)

असार १९, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

धनकुटा : झुटा विवरणमा दोहोरो नागरिकता र राहदानी, एक जना प्रहरीको फन्दामा

असार १९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    760 shares
    Share 304 Tweet 190
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    354 shares
    Share 142 Tweet 89
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन