इटहरी : इटहरीमा दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी १३ खनारस्थित नहर छेउको बाटोमा दुर्घटना हुँदा नाबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ वर्षीया सदीक्षा राई रहेकी छन् ।
स्थानीय सुलेमान मियाँ प्र १–०२–०४३ प ७४१४ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा बालिकालाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सुलेमान मियाँलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post