संखुवासभा : संखुवासभामा बाढीमा बेपत्ता भएको २९ दिनपछि सुपर हेवा हाइड्रोपावरका एक मजदुरको शव फेला परेको छ ।
बाढीमा परेर बेपत्ता भएको एक महिनापछि एउटा शव फेला परेको हो । शवको पहिचान भने भएको छैन ।
आइतबार चैनपुर नगरपालिका ४ मा सुपर हेवा हाइड्रोपावरको कम्पाउन्डमा पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।
गएको असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा संखुवासभाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए ।



















Discussion about this post