इलाम : पिकअप गाडीले किच्दा इलाममा एक नाबालकको मृत्यु भएको छ ।
इलामको सूर्योदय नगरपालिका ४ बाघपाइलेका २० महिने नाबालक रियन रिजालको सोमबार साँझ मृत्यु भएको हो ।
बाटोमा रहेको ढुंगा पन्छाउन गाडी स्टार्टमै राखेर बाहिर निस्किएका बेला मे १ ज ३६२ नम्वरको पिकअपले किच्दा टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते नाबालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकीमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
पिकअक चालक सोही ठाउँका २६ वर्षीय रेजन मगरलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post