इटहरी : इटहरीमा सिटी सफारीको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीकाअनुसार मंगलबार दिउँसो २ः४५ बजेतिर इटहरी ९ स्थित साथी पेट्रोल पम्प अगाडि दुर्घटना भएको हो ।
खनारबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश नं. १–०२–००३ ह ५५७७ र (हाल इटहरी उपमनपा १ ह ०१२५) सिटीसफारीले बाटो क्रस गर्दै गरेको प्रदेश नं. १–०२–०४२ प २८ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ दुर्घटना भएको होे ।
दुर्घटनामा स्कुटर पछाडि सवार इनरुवा नगरपालिका ७ की अन्दाजी २४ वर्षीया सञ्जु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्कुटर चालक रामधुनी नगरपालिका ५ बस्ने ३२ वर्षीया लक्ष्मी राई घाइते भएकी छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सिटी सफारी चालकइटहरी ४ बस्ने ५१ वर्षीय टंकबहादुर रानामगरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।














Discussion about this post