Saturday, July 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उच्च अदालतबाट तरहराका लालबहादुरले पाए न्याय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८०
in समाचार
0
उच्च अदालतबाट तरहराका लालबहादुरले पाए न्याय
219
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उच्च अदालत विराटनगरले जिल्ला अदालतको फैसला उल्टाएको छ ।

यससँगै सात महिनादेखि झुम्का कारागारमा थुनामा रहेका इटहरी १९ तरहराका लालबहादुर बिक रिहा हुने भएका छन् ।

बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा थुनामा परेका बिकलाई उच्च अदालत विराटनगरले सफाई दिएको हो । उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याएको हो ।

इटहरी उपमहानगरपालिका २०, तरहराको सिंहदेवी ज्वेलर्समा काम गर्दै आएका उनलाई साहु, पीडित लगायतले निर्दोष रहेको जनाएपनि जिल्ला अदालत सुनसरीले दोषी ठहर्‍याउँदै कारागार चलान गरेको थियो ।

यस्तो छ घटना

लालबहादुर इटहरी २० स्थित स्थानीय दीपक गजमेरले सञ्चालन गरेको सिंहदेवी ज्वेलर्समा मजदुर (कालीगढ) को रूपमा काम गर्थे ।

गजमेरले स्थानीय मानिसहरूसँग ब्याजको प्रलोभन देखाउँदै पासबुक नै बनाएर पैसा उठाउँथे । स्थानीय मानिसले पनि धेरै ब्याज आउने प्रलोभनमा पैसा राखे । तर, ०७४ सालमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन पसलमा छापा मारेपछि दीपकले गरेको बित्तीय कारोबार अवैध रहेको ठहरियो ।

इजाजतबिना बित्तीय कारोबार गरेको सिआइबीले पुष्टि गरेपछि दीपकविरुद्व २०७५ साल असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौ जनाले ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए । असार २१ गते जिल्ला अदालत सुनसरीमा त्यही ज्वेलर्स विरुद्व अर्को मुद्दा दर्ता भयो ।

अदालतमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको मुद्दा  प¥यो । मुद्दा पर्नुभन्दा अढाई वर्ष अगाडिदेखि सोही ज्वेलर्समा कालिगढको रुपमा काम गरेका लालबहादुरलाई पनि विपक्षी बनाइयो । उक्त मुद्दामा २०७८ पुस १९ गते फैसला आयो । फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम भयो भने उनलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र तीन वर्ष जेल सजाय सुनाइएको छ ।

उक्त मुद्दामा ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेर छन् भने अन्य प्रतिवादीमा सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र उनै लालबहादुर बिक छन् । त्यसमध्ये लालबहादुर विश्वकर्मा उक्त ज्वेलर्समा काम गर्ने मजदुर मात्रै थिए ।

लालबहादुर निर्दोष रहेको र उनीसँग कुनै कारोबार नगरेको भनी प्रमुख प्रतिवादीदेखि अन्य प्रतिवादी र जाहेरीवाला ७२ जनाले बकपत्र समेत अदालतमै दिएका छन् । तर, सुनसरी जिल्ला अलदालतकी तत्कालीन न्यायाधीश निर्मला योङहाङले कसैको बयान नसुनी जबर्जस्ती लालबहादुरलाई दोषि ठहर गरिएको छ । अदालतको फैसलामा लालबहादुर र प्रमुख प्रतिवादी तथा जाहेरीवालाले दिएको बकपत्रमै उनी निर्दोष रहेको देखाउँछ ।

त्यसबेला ३० दिन हिरासतमा बसेर धरौटीमा रिहा भएका लालबहादुर ०७८ पुस २१ गते सुनसरी जिल्ला अदालतको फैसलाले भने आश्चर्यमा परे । न्यायधीश योङहाङको फैसलामा लालबहादुरलाई एक वर्ष ६ महिना कैद र तीन करोड १४ लाख ११ हजार रुपैयाँ जरिवाना तोकियो ।

कूल १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ रकम तिर्न देखिएसँगै अदालतले भने पाँचजनाको नाममा दामासाही ढंगबाट जरिवाना तोक्यो । सोही अनुरुप लालबहादुरको भागमा पनि तीन करोड रुपैयाँ बिगो देखाएको हो । प्रतिवादी सबैको बराबर दोषी नदेखिए पनि दामासाही हिसाबमा सजाय तथा जरिवाना तोकिएपछि लालबहादुरको परिवार विक्षिप्त बनेका थिए ।

Tags: उच्च अदालतलालबहादुर विश्वकर्मा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा
समाचार

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
साउन ८, २०८३
0

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका–२ गौरीगाउँबाट प्रहरीले भरुवा बन्दुक र गोलीसहित एक जनालाई पक्राउ गरेको छ। भरुवा बन्दुक पड्किएको आवाज...

इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन
विविध

इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

by टाकुरा न्यूज । इटहरी
साउन ८, २०८३
0

इटहरी : इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले साधारण शिक्षासँगै होटल म्यानेजमेन्ट र ब्युटिसियन एन्ड हेयर डिजाइन...

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगरमा गोलाप्रथाबाट कर्मचारी सरुवा, वडा कार्यालयले मानेनन् महानगरको निर्णय

साउन ८, २०८३
झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

साउन ८, २०८३
द्वन्द्वकालमा नष्ट भएका साढे ३ सय हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण

झापामा ४० वर्षको भूमिहीन जीवनपछि १७ परिवारले पाए लालपुर्जा

साउन ८, २०८३

भिजिट भिसा र एजेन्टको जालोमा युवा

साउन ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा

साउन ८, २०८३
इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

साउन ८, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगरमा गोलाप्रथाबाट कर्मचारी सरुवा, वडा कार्यालयले मानेनन् महानगरको निर्णय

साउन ८, २०८३
झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

साउन ८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1107 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    771 shares
    Share 308 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    627 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    599 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.