Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

संखुवासभा कारागारमा दुई कैदीको मृत्यु प्रकरण : ९ जना प्रहरीको नियन्त्रणमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २४, २०८०
in समाचार
0
संखुवासभा कारागारमा दुई कैदीको मृत्यु प्रकरण : ९ जना प्रहरीको नियन्त्रणमा
260
SHARES
Share on FacebookShare on Twitter

संखुवासभा : जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनामा ९ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार दिउँसो आरोपित ९ कैदीलाई नियन्त्रणमा लिएर छुट्टै ठाउँमा राखिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।

कैदीबन्दीहरू संखुवासभा मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो । बुधबार बिहान कारागारभित्र अचेत फेला परेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।

कारागारका जेलर राजेन्द्र घिमिरेका अनुसार आज (बुधबार) बिहान कारागारभित्र झडप हुँदा उनीहरू घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजाय तोकिएको थियो भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए ।

बिहान करिब २ बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरू बाहिर निस्किएका थिए । ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरूलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखे ।

बिहान करिब ५ बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएको थियो । त्यसपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।

उक्त घटनापछि कैदीबन्दीहरूले नै आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिइएको कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारका अनुसार कैदीहरूले उनीहरूमाथि लात्ती र मुक्काले हिर्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘घटना सेलभित्र भएको देखिन्छ। त्यहाँ सिसिटिभी राखिएको हुँदैन। अहिले नियन्त्रणमा आएका व्यक्तिहरू पनि अरूले आरोप लगाएकाले हो,’ डिएसपी गोदारले भने, ‘कारागारमा विभिन्न समूह हुने भयो। कसले गरेको हो भन्ने अनुसन्धानबाट ढिलो–चाँडो थाहा हुन्छ।’

जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे नेतृत्वको छानबिन समिति बनाएको छ।

Tags: #संखुवासभाकारागार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, २८ बुँदा समेटिए
FEATURE BREAKING

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, २८ बुँदा समेटिए

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

इटहरी : नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठनसम्बन्धी केन्द्रमा तीनबुँदे सहमति भएपछि कोशी प्रदेश सरकार...

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता
समाचार

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पाङ प्रधानमन्त्री

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

धरान । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउने योजना...

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, २८ बुँदा समेटिए

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, २८ बुँदा समेटिए

भदौ २२, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल – भदौ २२ गते सोमबार

भदौ २२, २०८३
हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पाङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.