इटहरी : इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
इटहरी १२ स्थित कोसी राजमार्गमा खनारबाट इटहरीतर्फ आउँदै गरेको को २४ च ७३८९ नम्बरको मोटरसाइकलले बिपरीत दिशाबाट जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।
दुर्घटनामा स्थानीय ५० वर्षीय नेत्र अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
मोटरसाइकल र चालक इटहरी ११ का २० वर्षीय रोहन चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post