इटहरी : आज कोजाग्रत पूर्णिमा । विधिवत् रूपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमीको समापन गरिदैं छ ।
महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । यद्यपि, मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने चलन फरक किसिमको छ ।
मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ । यस दिन पान, मखन, फलफूल, दही र मिठाई महत्त्वपूर्ण मानिन्छ ।
पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि पनि यो दिन विशेष रहने गर्दछ ।
पछिल्लो वर्ष मङ्सिरदेखि असारसम्म वैवाहिक बन्धनमा बाँधिएका बेहुली पक्षबाट बेहुलाको घरमा भार (कोसेली) पठाउने चलन छ ।
भारमा पान, मखन, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य नै हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लग्नुपर्ने हुन्छ ।












Discussion about this post