इटहरी : इटहरीकी १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीलाई अदालतले कैद सजाय निर्धारण गरेको छ ।
मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले राउत र सुवेदीलाई बुधाबर ८ वर्ष कैद र जनही ३÷३ लाख रुपैयाँ जरिवाना तोक्ने फैसला गरेको हो ।
जबरजस्ती करणी मुद्दामा ७ वर्ष र सामूहिक बलात्कारमा थप १ वर्ष गरी दुवै जनालाई ८ वर्ष कैद सजाय निर्धारण गरिएको मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।
यसअघि बिहीबारको इजालशले उनीहरूको कसुर ठहर भएको थियो । मुलुकी फौजदारी मुद्दामा कसुर ठहर भएपछि सजाय निर्धारण गरी फैसला हुने गर्दछ ।
विराटनगर महानगरपालिका ४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् ।
उनीहरूले सोही कलेजमा अध्ययनरत इटहरीकी १९ वर्षीय छात्रालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए ।
पीडित युवतीमाथि सामूहिक र पटकपटक करणी हुँदै आएको अभियोग पत्रमा उल्लेख । अन्तिम पटक भने गत असार २८ गते सुवेदीले करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
पीडितमाथि जेठ महिनामा विराटनगरको मुनाल पथस्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेको पुष्टि भएको छ ।
युवतीको अश्लील भिडियो बनाएर उनीमाथि पटकपटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।














Discussion about this post