इटहरी : इटहरी जेसीजको ३६ औँ शाखा अधिवेशनबाट सुमन सुवेदी सर्वसम्मत रूपमा निर्वाचित भएका छ्न् ।
जेसीज भवनमा सम्पन्न अधिवेशनबाट सुवेदी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले लामो समयदेखि इटहरी जेसीजमा सक्रिय भएर काम गरेका थिए । यस्तै, कार्यकारिणी उपाध्यक्षमा मिलल कार्की र प्रज्वल बस्नेत निर्वाचित भएका छन् ।
यस्तै, सचिवमा प्रदोश ढकाल तथा उपाध्यक्षहरूमा सरोज कार्की, सरोज चौलागाईं, सन्तोष ढकाल र खगेन्द्र चौलागाईं चयन भएको निर्वाचन अधिकृत गोकुल थापाले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष सुवेदीले सन् २०२४ का लागि निर्वाचित यस कार्यसमितिले आगामी वर्ष नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको आतिथ्यतासमेत गर्ने बताए । उनले राष्ट्रिय महाधिवेशन इटहरी क्षेत्रमै सम्पन्न गर्ने बताए ।
















Discussion about this post