संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका २ चेम्ताङबाट सालकको खपटासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी चेपुवाबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा ६/७ जनाको समूहले भारी बोकी हिँडिरहेकोमा उनीहरूले गस्तीमा खटिएको प्रहरी टोलीलाई देखेर बोरा फालेर भागेकोले प्रहरीले पछ्याउँदै जाने क्रममा स्थानीय ३५ वर्षीय छिरिङ भोटेलाई पक्राउ गरेको हो ।
उक्त बोराहरू खोलेर हेर्दा बोराभित्र सालकको खपटा रहेकोले उक्त खपटा प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका भोटेको सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा फरार रहेका अन्य व्यक्तिहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।



















Discussion about this post