Monday, June 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कवि सुदीप पाख्रिनको कविता सङ्ग्रह ‘दगुरिहिँड्ने चौबाटो’ उत्सवमा दुई दर्जन कविता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १३, २०८०
in कला साहित्य, टाकुरा विशेष, समाचार
0
कवि सुदीप पाख्रिनको कविता सङ्ग्रह ‘दगुरिहिँड्ने चौबाटो’ उत्सवमा दुई दर्जन कविता
105
SHARES
Share on FacebookShare on Twitter

धरान : भर्खरै हुस्सु छलेर धरानको न्यानो समयमा आइपुगेका छन्, कवि लेखकहरू ।

सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटा लगायतका स्थानबाट भेला भएका कवि, लेखकहरू एकापसमा भेट हुन नपाउँदै कार्यक्रम सुरु हुन्छ । कवि हेमन यात्री स्टेजमा उक्लन्छन् र कार्यक्रमबारे जानकारी गराउँछन् । यसबीचमा मधूरो संगीत बजिरहेको छ ।

कवि सुदीप पाख्रिनको ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रहभित्रका दुई दर्जन कविता शनिबार धरानमा वाचन गरियो ।

अन्य समयमा कवि आफैँले कविता वाचन गर्ने, साहित्य र पुस्तक बहसका कार्यक्रम हुने तथा वैचारिक बहस हुने धरानस्थित होटल रत्न इनको सभाहलमा शनिबार भने कवि सुदीपका दुई दर्जन कविताहरू भिन्नाभिन्नै स्थानबाट आएका कवि, लेखकहरूले वाचन गरे ।

कलरव धरानले आयोजना गरेको ‘दगुरिहिँड्ने चौबाटो उत्सव’मा कविहरूले सुदीपका कविता वाचन गरिरहँदा स्वयम् कविताका लेखक सुदीप भने एकाग्र बने । लाग्थ्यो कि, उनी ध्यानास्थ छन् । कविहरूले वाचन गरेका कवितामा संगीतको मधूरो धूनले मन्त्रमूग्ध बनाएको थियो ।

संगीत सँगसँगै कविता वाचन भइरहँदा माहोल पूरै शान्त बन्यो । भीड र कोलाहलभन्दा टाढा रहेर कवितामा मन्त्रमूग्ध बनेका थिए, आमन्त्रितहरू । त्यसो त कार्यक्रममा न कोही सभाध्यक्ष थियो, न कोही प्रमुख अतिथि । अतिथिबिहीन बनेको कार्यक्रममा उपस्थित सबै समान थिए । खासगरी कवि, लेखकहरू आसनग्रहण भन्दा पर रहेर कार्यक्रममा रम्न चाहन्छन् । कविहरूले चाहेकोजस्तै समय थियो, शनिबार दिउँसो ।

कवि सुदीप धरानमा बसेर तीन दशकदेखि नेपाली साहित्यसँगै अनुवादको क्षेत्रमा सक्रिय छन् । उनी वंशज कविका रूपमासमेत चिनिन्छन् । प्रसिद्व कवि स्व. कृष्ण पाख्रिनका पुत्र उनका ‘आदिम मौनता’ र ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रह प्रकाशित छन् ।

केही साताअघि मात्रै दार्जिलिङको हाम्रो किताब घरबाट ‘दगुरिहिँड्ने चौबाटो’को दोस्रो संस्करण प्रकाशनमा आएको छ । अबको केही समयमै उनले अनुवाद गरेका प्रसिद्व लेखक गुलजारका कविताहरूको सङ्ग्रहसमेत बजारमा आउने तयारी छ ।

आफैँले लेखेका कविता अरुहरूको मुखराविन्दुबाट सुनेपछि कवि सुदीपले आफ्ना अनुभूतिहरू सुनाए । ‘माग्न त मैले दियो मागेको थिएँ, तर पूर्णिमाको जुन नै पाएँ,’ सुदीपले भने, ‘कविता आफैंले धेरै कुरा बोक्छ, त्यसैले सङ्ग्रहबारे मैले बोलिरहनपर्दैन ।’

एउटा कविताले नै धेरै कुरा बोक्ने भएकाले आफूले त्यसबारे बोल्नुनपर्ने उनको धाराणा थियो । यो किसिमको कार्यक्रम आफैँमा नौलो र रचनात्मक रहेकोमा उनले कृतज्ञता प्रकट गरे ।

कविता वाचन गर्नुअघि झापाका कवि मुनाराज शेर्माले भने, ‘कविहरू आफैं निराशामा बाँचेर पनि आशाको कविता लेख्ने गर्छन् । पृथ्वीको कविता लेख्ने गर्छन् । यसकारण पनि कविको महत्व छ ।’

कार्यक्रलाई संयोजन गरेका कवि हेमन यात्रीले कवि सुदीप आफैंमा शान्त र सरल रहेको बताए ।

‘कविजस्तै छन्, कविता । कविले कवितामा फूलजस्तै सुन्दर र शान्त कविता लेखेका छन्,’ यात्रीले भने, ‘कवि आफैँमा शान्त र सरल छन् । त्यसैले पनि उनका कविता कोमल छन् ।’ यो किसिमको कार्यक्रम आयोजना गर्नाले आफूहरूमा पनि प्रेरणा मिलेको उनले बताए ।

कविता वाचनअघि प्रस्तुत गरिएको भिडियो स्टोरीमा वरिष्ठ कवि बम देवान भन्छन्, ‘मानिस आफैँमा विभाजित छ, दुःखी छ, पीडित छ । मानिसलाई राजनीतिले विभाजित बनाएको बेला कवि सुदीपका कविताले मानिस एक हुनुपर्छ भन्ने सन्देश दिएको छ ।’

उनका कविता काव्यात्मक ढंगले लेखिएका सुन्दर, सामयिक र गम्भीर रहेको देवानले बताए । विभाजित सोच भएका मान्छेका कारण मानिस विक्षिप्त भएको समयमा उनीहरूलाई एक बनाउने सन्देश दिएको उनले सुनाए ।

लेखक तथा पत्रकार राजेश बिद्रोहीले कवि सुदीपका कविता हृदयका कविता लेख्ने कवि रहेको बताए । ‘सुदीप जी का कविताले मष्तिस्कभन्दा हृदयलाई छुन्छ । फूलले प्रहार गर्नुहुन्छ । उहाँका निबन्धमा पनि काव्यिकता पाइन्छ,’ उनले भने ।

कलरव धरानले साहित्यको क्षेत्रमा हरेक महिनाजसो कार्यक्रम गरिरहेको बताउँछन्, युनिक फोटोग्राफीका सञ्चालकसमेत रहेका वीरेन सुब्बा । उनका अनुसार केही साताअघि धरानमै ‘पोयट्री पार्टी’ कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रमलाई निरन्तर श्रृङ्खलाकै रूपमा सञ्चालन गरिने सुब्बाले बताए ।

Tags: #साहित्यकलरवकविताटाकुरा विशेषसुदीप पाख्रिन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु
खेलकुद

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०८३
0

इटहरी : कोशी प्रदेशमा आइतबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको...

बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको
FEATURE BREAKING

बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०८३
0

झापा : झापाको दमकस्थित रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा फेला परेकी युवतीको पहिचान खुलेको छ। मृतक दमक नगरपालिका–८ बसन्तटोल निवासी २१...

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

जेष्ठ १७, २०८३
राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

जेष्ठ १७, २०८३
आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

जेष्ठ १७, २०८३
झापाको कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

सुर्तीजन्य पदार्थमा ७ हजारभन्दा बढी रसायन, सचेतना फैलाउँदै प्रशासन

जेष्ठ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु

जेष्ठ १७, २०८३
बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको

बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको

जेष्ठ १७, २०८३
दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

जेष्ठ १७, २०८३
राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

जेष्ठ १७, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1498 shares
    Share 599 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    901 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.