इलाम : इलामको सूर्योदय नगरपालिका ११ तिनघरे बजारमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिंदा मृत्यु भएको छ ।
शान्तिपुरबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प १६३० नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्री स्थानीय ५० वर्षीय बोमबहादुर लुङ्गेली मगरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको झापास्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न मोटरसाइकल चालक रोङ गाउँपलिका १ का २२ वर्षीय लोकेश खड्का र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।














Discussion about this post